News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोट-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. विक्रम तिमल्सिनाले करिब तीन हजार मतले अग्रता लिइरहेका छन्।
- डा. तिमल्सिनाले १६ हजार २१० मत प्राप्त गर्दा नेपाली कांग्रेसका डा. प्रकाशशरण महत १३ हजार ४३३ मतसहित दोस्रो स्थानमा छन्।
- नेपाली कम्युनिस्ट पार्टीका हितबहादुर तामाङ ९ हजार ६८३ मतसहित तेस्रो र नेकपा (एमाले)का बद्री मैनाली ६ हजार २२८ मतसहित चौथो स्थानमा छन्।
२४ फागुन, नुवाकोट । नुवाकोट-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. विक्रम तिमल्सिनाले अग्रता लिइरहेका छन् ।
यसअघि अग्रता लिइरहेका पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतलाई पछि पार्दै तिमल्सिनाले करिब तीन हजार मतले अग्रस्थानमा छन् ।
पछिल्लो मत अपडेटअनुसार तिमल्सिनाले १६ हजार २१० मत प्राप्त गर्दा महतले १३ हजार ४३३ मत ल्याएर दोस्रो स्थानमा झरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हितबहादुर तामाङ ९ हजार ६८३ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा (एमाले)का बद्री मैनाली छ हजार २२८ मतसहित चौथो स्थानमै खुम्चिरहेका छन् ।
उज्यालो नेपाल पार्टीका अमित तामाङले एक हजार ५५५ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4