+
+
Shares

मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम दोब्बर बढी मतले विजयी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम ३६ हजार ३३ मत लिएर विजयी भएका छन्।
  • गौतमले नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनालाई १४ हजार ३८ मतले पराजित गरेका छन्।
  • नेकपा एमालेका रामेश्वर रानाले १२ हजार ७८३ मत पाए पनि संघीय संसद प्रवेशमा सफल भएनन्।

२४ फागुन, हेटौंडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम दोब्बर बढी मतले विजयी भएका छन् ।

३७ वर्षीय हेटौंडा उपमहानगरपालिका–५ घर भएका गौतम ३६ हजार ३३ मत ल्याएर विजयी भएका हुन् । उनले नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनालाई पराजित गरे । डिनाले १४ हजार ३८ मत ल्याइन् । प्रतिस्पर्धामा तेस्रो भएका नेकपा एमालेका रामेश्वर रानाले १२ हजार ७८३ मत पाए ।

अघिल्लो निर्वाचनका विजेतासमेत रहेका राप्रपाका दीपकबहादुर सिंह छैठौं स्थानमा खुम्चिँदै ४ हजार ५७४ मतमा चित्त बुझाए । यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का विजय गौतमले १० हजार ७८८, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले १ हजार २४ मत ल्याएका छन् । १ नम्बर क्षेत्रमा ९५ हजार ३ सय १० मत खसेको थियो ।

२०६४ को संविधानसभा निर्वाचनमा हार व्यहोरेका एमालेका रानाको संघीय संसद प्रवेशको दोस्रो प्रयासमा ‘ब्रेक’ लागेको छ । कांग्रेसकी डिनाले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा १ नम्बर क्षेत्रबाट राप्रपाका सिंहसँग पराजय भोगेकी थिइन् । अघिल्लो निर्वाचनमा सिंहले २७ हजार ८ सय १६ र डिनाले २५ हजार ४ सय ३४ मत ल्याएका थिए ।

डिनाले पाँचौं पटक प्रत्यक्ष निर्वाचन हारेकी छन् । उनले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकबाट संसद प्रवेश पाएकी थिइन् । नेकपाका गौतमले पहिलो पटक चुनाव लडेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?