+
+
Shares

प्रियंका चोपडा यसवर्षको अस्कर अवार्डमा ‘प्रेजेन्टर’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री प्रियंका चोपडालाई ९८औँ अस्कर समारोहमा प्रस्तोता नियुक्त गरिएको छ।
  • अस्कर समारोह आगामी मार्च १५ मा लस एन्जलसस्थित डोल्बी थिएटरमा आयोजना हुनेछ।
  • प्रियंकासँगै रोबर्ट डाउनी जुनियर, एन ह्याथवे, पल मेस्कल लगायतका कलाकार पनि प्रस्तोता सूचीमा छन्।

लस एन्जलस । अन्तर्राष्ट्रिय फिल्म ‘द ब्लफ’ मा शीर्ष भूमिकामा देखिएकी अभिनेत्री प्रियंका चोपडालाई यस वर्षको अस्कर समारोहमा प्रस्तोता (प्रेजेन्टर) का रूपमा घोषणा गरिएको छ ।

यो सम्मान पाएकोमा खुशी व्यक्त गर्दै प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रशंसक र अनुयायीसँग खबर साझा गरेकी छन् ।

पोस्टमा छोटकरीमा ‘२०२६ एकेडेमी अवार्ड्स’ भनेर क्याप्सन लेखेकी छन् । खबर सार्वजनिक भएपछि उनका प्रशंसक, साथीभाइ, परिवार तथा भारतीय र हलिउड फिल्म क्षेत्रमा खुसी व्यक्त गरिएको छ ।

प्रख्यात स्ट्यान्ड-अप कमेडियन जाकिर खानले टिप्पणी गर्दै लेखेका छन्, ‘बधाई छ, तपाईं हाम्रो नायक हुनुहुन्छ ।’

अभिनेता ऋतिक रोशनले पनि प्रियंकाको पोस्टमा लाइक गर्दै प्रतिक्रिया जनाएका छन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, ‘हामी निकै गर्व महसुस गरिरहेका छौं ।’

प्रियंका चोपडासँगै यस वर्षका नयाँ प्रस्तोताको सूचीमा रोबर्ट डाउनी जुनियर, एन ह्याथवे, पल मेस्कल, विल आर्नेट र ग्विनिथ पाल्ट्रो पनि समावेश छन् ।

‘भेराइटी’ का अनुसार शोका कार्यकारी निर्माता तथा शो-रनर राज कपूर र कार्यकारी निर्माता केटी मुलनले यी कलाकारको नाम आगामी समारोहका लागि प्रस्तोताको तेस्रो चरणको सूचीका रूपमा घोषणा गरेका हुन् ।

यसअघि घोषणा गरिएका अस्कर समारोहका प्रस्तोतामा एड्रियन ब्रोडी, हाभियर बार्डेम, किरण कल्किन, क्रिस इभान्स, चेस इन्फिनिटी, मिकी म्याडिसन, डेमी मूर, कुमेल नान्जियानी, माया रुडोल्फ र जोई साल्डाना छन् ।

यद्यपि पल मेस्कल र चेस इन्फिनिटी आफ्ना-आफ्ना फिल्म ‘ह्यामनेट’ र ‘वन ब्याटल आफ्टर अनदर’ का लागि व्यक्तिगत रूपमा मनोनयनमा परेका छैनन् । तर ती दुवै फिल्मलाई भने एकेडेमीले मान्यता दिएको छ । ‘ह्यामनेट’ ले आठ वटा र ‘वन ब्याटल आफ्टर अनदर’ ले १३ वटा मनोनयन प्राप्त गरेका छन् ।

९८औँ एकेडेमी अवार्ड समारोह आगामी मार्च १५ आइतबार अमेरिकाको लस एन्जलसस्थित डोल्बी थिएटरमा आयोजना हुनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?