+
+
Shares

१२ विधामा अस्करको ‘सर्टलिस्ट’ घोषणा, नेपालको ‘अञ्जिला’ बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १२:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले आगामी ९८ औं अस्कर अवार्डका लागि १२ विधामा सर्टलिस्ट घोषणा गरेको छ।
  • नेपालबाट सिफारिस फिल्म 'अञ्जिला' अन्तर्राष्ट्रिय फिचर विधामा छनोट हुन सकेन।
  • मनोनयन २२ जनवरी २०२६ मा घोषणा हुनेछ र अस्कर अवार्ड १५ मार्च २०२६ मा वितरण हुनेछ।

काठमाडौं । द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले आगामी ९८ औं अस्कर अवार्डको लागि १२ विधामा सर्टलिस्ट घोषणा गरेको छ ।

नेपालबाट अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस भएको फिल्म ‘अञ्जिला’ छनोट हुन सकेन । ८६ मुलुकले पठाएकोमध्ये १५ देशका फिल्ममात्र छनोट भएका छन् ।

जसमा अर्जेन्टिनाको ‘बेलेन’, ब्राजिलको ‘द सेक्रेट एजेन्ट’, फ्रान्सको ‘इट वाज जस्ट एन एक्सिडेन्ट’, जर्मनीको ‘साउन्ड अफ फलिङ’, भारतको ‘होमबाउन्ड’, इराकको ‘द प्रेसिडेन्ट्स केक’ छन् ।

साथै, जापानको ‘कोकुहो’, जोर्डनको ‘अल द्याट्स लेफ्ट अफ यू’, नर्वेको ‘सेन्टिमेन्टल भ्यालू’, प्यालेस्टाइनको ‘प्यालेस्टाइन ३६’, दक्षिण कोरियाको ‘नो अदर च्वाइस’, स्पेनको ‘सिरात’, स्विट्जरल्याण्डको ‘लेट सिफ्ट’, ताइवानको ‘लेफ्ट ह्यान्डेड गर्ल’ र ट्युनिसियाको ‘द भ्वाइस अफ हिन्दी राजब’ छन् ।

एनिमिटेड सर्ट फिल्म, कास्टिङ, सिनेम्याटोग्राफी, डकुमेन्ट्री फिचर फिल्म, डकुमेन्ट्री सर्ट फिल्म, अन्तर्राष्ट्रिय फिचर फिल्म, लाइभ एक्सन सर्ट फिल्म, मेकअप एन्ड हेयरस्टाइलिङ, म्यूजिक (ओर्जिनल स्कोर), म्यूजिक ‘ओर्जिनल सङ’, ध्वनि, भिजुअल इफेक्ट छन् ।

सार्वजनिक सर्टलिस्टमा वार्नर ब्रदर्सको ‘सिनर्स’ र युनिभर्सलको ‘विकेड : फर गूड’ सर्वाधिक ८/८ मेन्सन प्राप्त गरेका छन् । रायन कूगलरको ‘सिनर्स’ ७ विधामा मनोनित छ ।

मनोनयन २२ जनवरी, २०२६ विहिबार घोषणा हुनेछ । कूल २४ विधामा अस्कर अवार्ड घोषणा हुनेछ । मार्च १५, २०२६ मा अस्कर अवार्ड वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?