+
+
Shares

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

अस्करको प्रतिस्पर्धामा सहभागी हुन कमिटीले नै सिफारिस गर्नुपर्ने भन्ने छैन । कुनै नेपाली फिल्मका अमेरिकी वितरकले पनि सीधै अस्करमा आवेदन दिन सक्छन् । यसका लागि अमेरिकी हल र ओटीटीमा कम्तीमा ७ दिन फिल्म प्रदर्शन भएको हुनुपर्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते ११:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ९८ औं एकेडेमी अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा नेपालबाट मिलन चाम्स निर्देशित फिल्म 'अञ्जिला' सिफारिस भएको छ।
  • नेपालले 'अञ्जिला' र 'गुन्युचोलो'बाट अन्तर्राष्ट्रिय फिचर विधाको लागि आवेदन दिएको थियो र कमिटीले प्राविधिक पक्ष र कथाको प्रस्तुति आधारमा 'अञ्जिला' छनोट गरेको छ।
  • अस्करको प्रतिस्पर्धामा सहभागी हुन अमेरिकी वितरकले पनि आवेदन दिन सक्छन् र ९८ औं एकेडेमी अवार्ड १५ मार्च २०८३ मा लस एन्जलसमा आयोजना हुनेछ।

काठमाडौं । ९८ औं एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर विधामा नेपालबाट ‘अञ्जिला’ सिफारिस भएको छ ।

द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति नेपालले विहिबार प्रेस विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको हो ।

उक्त विधाको लागि नेपालबाट छनोट हुन ‘अञ्जिला’ र ‘गुन्युचोलो’ले आवेदन दिएका थिए । मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’ २०८२ सालको सुपरहिट फिल्म समेत हो ।

राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित यो फिल्मले स्वदेशमा निकै प्रशंसा बटुल्यो ।

प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर ’अञ्जिला’ लाई छनोट गरिएको कमिटीले जनाएको छ ।

अस्कर कमिटीले ‘अन्तर्राष्ट्रिय फिचर’ विधाको लागि वर्षेनी फिल्म सिफारिस गर्छ । तर, अस्करको प्रतिस्पर्धामा सहभागी हुन कमिटीले नै सिफारिस गर्नुपर्ने भन्ने छैन ।

कुनै नेपाली फिल्मका अमेरिकी वितरकले पनि सीधै अस्करमा आवेदन दिन सक्छन् । यसका लागि अमेरिकी हल र ओटीटीमा कम्तीमा ७ दिन फिल्म प्रदर्शन भएको हुनुपर्नेछ ।

यस कमिटीबाहेक पनि वर्षेनी अन्य नेपाली कथानक र छोटा फिल्म पनि यसरी अस्करमा सहभागी हुँदै आएका छन् ।

९८ औं एकेडेमी अवार्ड (अस्कर) आउँदो १५ मार्च, २०२६ मा अमेरिकाको लस-एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुन्छ । १५ चलचित्रहरूको पहिलो छोटो सूची डिसेम्बर १६, २०२५ मा घोषणा गरिनेछ, त्यसपछि अन्तिम सूची जनवरी २२, २०२६ मा घोषणा गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?