News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ५२१ जना चालक कारबाहीमा परेका छन् ।
- ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गर्ने ३० र तीव्र गतिमा सवारी चलाउने ६६ जनालाई कारबाही गरेको जनाएको छ ।
- प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार सङ्केत बत्ती उल्लङ्घन र निषेधित क्षेत्रमा हर्न बजाउने चालकलाई समेत कारबाही गरिएको छ ।
२ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका ३०, यान्त्रिक कारबाहीमा १२, सङ्केत बत्ती उल्लङ्घनकर्ता २६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ६६ जनालाई कारबाही गरिएको छ ।
यसैगरी, अवस्था ठीक नभएको सात, निषेधित क्षेत्रमा हर्न बजाउने ३२, सडक फुटपाथ पार्किङमा १९, एकतर्फीमा छ र अन्य सवारी नियम पालना नगरेका ३२३ जना रहेको जनाइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4