+
+
Shares

बालेन बसेको लटौली रिसोर्टको सूचना चुहाएको भन्दै विवाद, हटे ४ कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते ७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको लटौली सेन्चुरी रिसोर्टमा पाहुनाको सूचना चुहाएको आरोपमा रिसोर्टका सञ्चालक र उच्च तहका कर्मचारीबीच विवाद उत्पन्न भएको छ ।
  • सञ्चालक ज्ञानेन्द्र खड्कासँगको विवादका कारण जनरल म्यानेजर रोशन पुरीसहित चार जना उच्च तहका कर्मचारीहरूले रिसोर्ट छाडेका छन् ।
  • रास्वपा महाधिवेशनका बेला बालेन शाह रिसोर्टमा बसेको समयमा सीसीटीभी बन्द गरिएको र सो विषय बाहिरिएपछि सञ्चालक आक्रोशित बनेका थिए ।

३ साउन, चितवन । चितवनमा आयोजित रास्वपाको पहिलो महाधिवेशनका बेला प्रधानमन्त्री बालेन शाह बसेको लटौली सेन्चुरी रिसोर्टका सञ्चालक र उच्च तहका कर्मचारीबीच सूचना चुहाएको विषयका विवाद भएको छ । यही विवादका कारण चार कर्मचारी हटेका छन् ।

चितवनको कालिका नगरपालिका–९ शक्तिखोरमा रहेको रिसोर्ट सञ्चालक ज्ञानेन्द्र खड्काले रिसोर्टमा आएका पाहुना र रिसोर्टका सूचना चुहाएको आरोप उच्च तहका कर्मचारीहरुलाई लगाएपछि विवाद भएको थियो ।

रिसोर्टमा सञ्चालकसँग विवाद उत्पन्न भएपछि जनरल म्यानेजरसहितका चार जना कर्मचारीहरु हटेका हुन् ।

नेटवर्किङको काम गरेर ठगी गरेको, विवादास्पद व्यापारी गणेश लामासँग उत्पन्न विवाद, बिट क्वाइन र क्रिप्टोकरेन्सी जस्ता विषयमा रिसोर्ट सञ्चालक खड्का विवादमा मुछिएको लगायतका समाचार सार्वजनिक भएपछि खड्का थप आक्रोशित बनेका थिए ।

रिसोर्टमा कार्यरत तल्लो तहका कर्मचारीहरुलाई जासुस जस्तो बनाएर परिचालन गर्ने र काम लगाउँदा खड्कासँगको चिनजानको सम्बन्ध देखाएर कतिपय स्थानीय कर्मचारीहरुले अटेर गर्न थालेको रिसोर्टबाट हटेका एक उच्च तहका कर्मचारीले बताए ।

रास्वपाको चितवनमा असार ७ गतेदेखि सुरु भएको महाविधेशनका बेलामा प्रधानमन्त्री बालेन शाह परिवारसहित रिसोर्टका १६ वटा कोठा बुक गरेर ३ दिनसम्म बसेका थिए ।

उनी रिसोर्टमा बसेको बेला त्यहाँ कार्यरत धेरै कर्मचारीहरुलाई बिदा दिइएको थियो भने सीसीटीभी क्यामेरा बन्द गर्न लगाइएको थियो । सो विषय सञ्चारमाध्यममा गएको बारेमा पनि उनले पटकपटक चासो राख्दै आएका थिए ।

खड्काले २०८३ वैशाखबाट रिसोर्ट सञ्चालनमा ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?