News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद जगदीश खरेलले सरकारको १०० दिने कार्यकाल सुशासनको दृष्टिले सकारात्मक रहेको बताए ।
- सांसद खरेलले बजेट पारित भई कानुन निर्माण प्रक्रिया अघि बढेकाले संसद्को १४ दिने स्थगनलाई स्वाभाविक रूपमा लिएका हुन् ।
- उनले सरकारको कार्यशैली सुधार गर्न रचनात्मक दबाब दिने र सांसदहरूले यस अवधिमा जनचासोका विषय बुझ्नुपर्नेमा जोड दिए।
३१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले सरकारको सुरुवाती १०० दिन सुशासनका दृष्टिले सकारात्मक रहेको बताएका छन् ।
संसद् बैठक आगामी १४ साउनसम्मका लागि स्थगित भएको सन्दर्भमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद खरेलले यस्तो बताएका हुन् ।
बजेट पारित भई कानुन निर्माणका प्रक्रियाहरू अघि बढिरहेको अवस्थामा सदन १४ दिनका लागि स्थगित हुनुलाई उनले सकारात्मक रूपमा लिएका हुन् ।
यस अवधिलाई सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा जनताको घरदैलोमा पुग्ने र जनचासोका विषयहरू बुझ्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ ।
सरकारको १०० दिने कार्यकालको समीक्षा गर्दै उनले छोटो अवधिमै ठूलो परिवर्तनको अपेक्षा गर्नु व्यावहारिक नहुने तर्क गरे ।
सरकारको गति सुस्त भएको र अपेक्षित परिणाम नआएको जनगुनासोका सम्बन्धमा टिप्पणी गर्दै सांसद खरेलले जनताको धैर्यता र सुझावलाई आफूले सम्मान गर्ने बताए ।
कतिपय त्रुटि र कमजोरीहरूलाई सुधार गर्दै सुशासनको यात्रालाई थप प्रभावकारी बनाउन सरकारलाई रचनात्मक दबाब दिने उनको प्रतिबद्धता छ ।
प्रतिक्रिया 4