+
+
Shares

गणेश नेपालीको जीवन कुनै बहानामा फिर्ता हुन सक्दैन : सांसद खरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले गणेश नेपालीको मृत्युको घटनामा निष्पक्ष छानबिन गरी पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गर्नुभएको छ।
  • सांसद खरेलले युवाहरूमा बढ्दो निराशाको अन्त्य गर्दै यस्ता हृदयविदारक घटनाहरू नदोहोरिने वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ।
  • उनले भन्नुभयो, 'गणेश नेपाली अब हामीमाझ छैनन्, तर कम्तीमा सत्यतथ्य बाहिर ल्याएर उनको परिवारले न्याय पाउनुपर्छ । आगामी दिनमा यस्ता हृदयविदारक घटनाहरू नदोहोरिउन् भन्नेतर्फ सरकार गम्भीर हुनुपर्छ ।'

२६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले गणेश नेपालीको मृत्युको घटनामा गम्भीर र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खरेलले यस विषयमा संसदमा समेत आवाज उठाएको जानकारी दिए ।

मुलुकमा रोजगारीको अभाव र अवसरहरूको कमीका कारण युवाहरूमा चरम निराशा बढ्दै गएको उल्लेख गर्दै उनले गणेश नेपालीलाई आम युवाहरूको सङ्घर्षपूर्ण अवस्थाको प्रतिनिधि भएको बताए ।

सांसद खरेलले जस्तोसुकै तर्क गरे पनि यस घटनामा मृतक नै सही भएको जिकिर गर्दै पीडित परिवारलाई न्याय दिलाउन सरकार तत्पर हुनुपर्ने बताए ।

‘दैनिक गुजारा चलाउन सङ्घर्ष गरिरहेका एउटा सामान्य युवाको अवस्थालाई उनले प्रतिनिधित्व गर्छन् । यस सन्दर्भमा गहिरो छानबिन हुनुपर्छ । उनको जीवनको मूल्य कसैसँग पनि दाँजिन सकिँदैन र गुमेको जीवन कुनैपनि बहानामा फिर्ता हुन सक्दैन,’ उनले भने, ‘गणेश नेपाली अब हामीमाझ छैनन्, तर कम्तीमा सत्यतथ्य बाहिर ल्याएर उनको परिवारले न्याय पाउनुपर्छ । आगामी दिनमा यस्ता हृदयविदारक घटनाहरू नदोहोरिउन् भन्नेतर्फ सरकार गम्भीर हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?