+
+
Shares

जीडब्लूएम ओरा ५ : प्रिमियम विद्युतीय एसयूभी बजारमा उपस्थिति बढाउँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा सार्वजनिक भएको एक महिनामै जीडब्लूएमको प्रिमियम विद्युतीय एसयूभी ओरा–५ प्रति ग्राहकहरूको चासो र माग उत्साहजनक रूपमा बढेको छ।
  • कम्पनीका अनुसार ड्रागन आर्मर ब्याट्री, अत्याधुनिक सुरक्षा प्रणाली र आकर्षक डिजाइनका कारण ओरा–५ नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको छ।
  • भीजी इम्पेक्सद्वारा वितरित यस गाडीको मूल्य ४६ लाख ९९ हजार देखि ५१ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ।

७ साउन, काठमाडौं । नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लूएमको प्रिमियम विद्युतीय एसयूभी ओरा–५ ले उत्साहजनक प्रतिक्रिया पाएको छ।

अत्याधुनिक प्रविधि, अन्तर्राष्ट्रियस्तरको सुरक्षा, आकर्षक डिजाइन र प्रिमियम सुविधाका कारण ओरा–५ छोटो समयमै नेपाली ग्राहकको रोजाइमा पर्न सफल भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सार्वजनिक भएयता ओरा–५ प्रति देशभर उत्साहजनक चासो देखिएको छ। शोरुमहरूमा ग्राहकको आगमन, टेस्ट ड्राइभ, सोधपुछ तथा बुकिङ उल्लेखनीय रूपमा बढ्दै गएको छ ।

ओरा–५ को मुख्य विशेषता यसको ड्रागन आर्मर ब्याट्री हो, जुन जीडब्लूएमकै ब्याट्री कम्पनी एसभोल्ट इनर्जीले विकास तथा उत्पादन गरेको हो।

अन्य धेरै सवारी निर्माता कम्पनीहरू तेस्रो पक्षका ब्याट्री आपूर्तिकर्तामा निर्भर रहँदा जीडब्लूएमले ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन आफ्नै नियन्त्रणमा राख्दै आएको छ। यसले ब्याट्रीको गुणस्तर, सुरक्षा र कार्यसम्पादनमा थप विश्वसनीयता प्रदान गर्ने कम्पनीको भनाइ छ ।

ड्रागन आर्मर ब्याट्रीमा ड्रागनको खप्टाजस्तो संरचनाबाट प्रेरित विशेष डिजाइन प्रयोग गरिएको छ। थर्मल रनअवे जस्तो दुर्लभ अवस्थामा पनि तापलाई यात्रु बस्ने भागबाट बाहिरतर्फ सुरक्षित रूपमा प्रवाह गर्ने संरचना यसमा रहेको कम्पनीको दाबी छ।

साथै पाँच तहको सुरक्षा प्रणालीले आगो, पानी, ठक्कर तथा अन्य चुनौतीपूर्ण अवस्थाबाट अतिरिक्त सुरक्षा प्रदान गर्दछ। ‘डिजाइन्ड विथ इन्टेलिजेन्स, सेप्ड बाइ एलिगेन्स’ अवधारणामा विकास गरिएको ओरा–५ ले २०२५ लन्डन डिजाइन अवार्ड्स अन्तर्गत ‘डिजाइन अफ द इयर’ (अटोमोबाइल–भेहिकल्स) सम्मान समेत प्राप्त गरेको छ।

ओरा–५ मा ५२० किलोमिटरको ड्राइभिङ रेन्ज, २०० एमएम ग्राउन्ड क्लियरेन्स, कफी ओएस–३ स्मार्ट ककपिट, कफी पाइलट अल्ट्रा इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम, २० भन्दा बढी एडास फिचर, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा, सेल्फ–हिलिङ पेन्ट टेक्नोलोजी, प्यानोरामिक मुनरुफ, प्रिमियम इन्टेरियर तथा सातवटा एयरब्याग जस्ता सुविधा छन्।

साथै यसले फाइभ–स्टार युरो एनक्याप र फाइभ–स्टार एएनक्याप सुरक्षा रेटिङ पनि प्राप्त गरेको छ। नेपालमा ओरा–५ को मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तथा टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नेपालका लागि जीडब्लूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?