+
+
Shares

बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार

पहिरोले सडक समेत अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते ८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाजुराको बडिमालिका–९ मा सेलागाड र बाउली खोलाको बाढी बस्तीमा पसेपछि जोखिममा परेका १३ परिवारलाई प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
  • बाजुराकी डिएसपी शैलेश्वरी बोहराले जोखिममा रहेका तीन घरका परिवारलाई स्थानीयकै सुरक्षित घरमा राखिएको जानकारी दिइन् ।
  • अविरल वर्षाका कारण बडिमालिका–६ र कारागार नजिक पहिरो खस्दा जिल्लाका मुख्य सडकहरू पूर्णरूपमा अवरुद्ध भएका छन् ।

८ साउन, धनगढी । बाजुराको बडिमालिका नगरपालिका–९ को सेलागाड खोला र बाउली खोलाको दोभान नजिकैबाट बस्तीमा बाढी पसेको छ । बाढी बस्तीमा पसेपछि जोखिममा परेका १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराका अनुसार बिहीबार राति नै जोखिममा परेका घरका सामानसहित उद्धार गरेर सुरक्षित स्थानमा राखिएको हो । उनीहरुलाई तत्काल नजिकै सुरक्षित अवस्थामा रहेका स्थानीयकै घरमा राखिएको डिएसपी बोहराले जानकारी दिइन् ।

१३ मध्ये तीन घर भने बाढीको उच्च जोखिममा छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ अनुसार बाजुरामा १०० बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् ।

सडक पनि अवरुद्ध

यसैबीच अविरल वर्षाका कारण खसेको पहिरोले बाजुराका दुई ठाउँमा सडक अवरुद्ध भएको छ । बडिमालिका नगरपालिका–६ र जिल्ला कारागार पछाडि पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?