News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको तारकेश्वर नगरपालिकामा एक कारभित्र ४१ वर्षीया रश्मी रिजाल मृत अवस्थामा फेला परेकी छिन् ।
- जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले शव जलेको अवस्थामा भेटिएको पुष्टि गरेका छन् ।
- प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ र शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
९ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै राखिएको कारभित्र एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार ती महिलाको शव जलेको अवस्थामा भेटिएको हो ।
तारकेश्वर नगरपालिका–९ बस्ने ४१ वर्षीया रश्मी रिजाल मृत अवस्थामा भेटिएको एसएसपी घिमिरेले बताए । शनिबार दिउँसो उनी कारको पछाडिपट्टिको सिटमा जलेको अवस्थामा भेटिएकी थिइन् ।
घटनाबारे अहिले प्रहरीले थप अनुसन्धान अघि बढाएको एसएसपी घिमिरेले बताए ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4