+
+
Shares

‘भ्वाइस किड्स’ को ग्रान्ड फिनाले : विजेता घोषणासँगै सांगीतिक माहोल (तस्वीर)

शंकर गिरी शंकर गिरी
२०८३ साउन ३१ गते १४:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘भ्वाइस किड्स’ को पाँचौं सिजनको उपाधि सुवासना खड्काले जितेकी छन्।
  • विजेता खड्काले उपाधिसँगै नगद १० लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गरेकी छन्।
  • हिमालय टिभीबाट प्रसारित उक्त सांगीतिक प्रतिस्पर्धाको ग्रान्ड फिनालेमा आठ जना फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो।

काठमाडौं । बालबालिकाको सांगीतिक प्रतिस्पर्धा सम्बन्धी टेलिभिजन शो ‘भ्वाइस किड्स’ को ग्रान्ड फिनाले शनिबार राति सम्पन्न भएको छ । पाँचौं सिजनको उपाधि सुवासना खड्काले जितेकी छन् ।

उपाधिका लागि ८ जनाले प्रतिस्पर्धा गरेका थिए । फिनाले कार्यक्रम रमाइलो देखियो जहाँ फाइनलिस्टसँग चारैजना कोचले सांगीतिक प्रस्तुति दिएर दर्शकलाई नचाए ।

धेरै मत ल्याएको आधारमा खड्कालाई उपाधि विजेता घोषणा गरियो । जितसँगै उनले १० लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार प्राप्त गरिन् । प्रतिस्पर्धात्मक फिनालेमा अन्य फाइनलिस्टले पनि दमदार प्रस्तुति दिएका थिए ।

यो कार्यक्रम हिमालय टिभीबाट प्रसारण हुँदै आएको छ । होस्ट सुशील नेपालका अनुसार, ‘भ्वाइस अफ नेपाल’को आठौं सिजन चाँडै सुरु हुने तयारीमा छ ।

 

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?