+
+

एक बोतल कोकाकोला पचाउन सात किलोमिटर दौडनु आवश्यक

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ८ गते ८:३८

कोकाकोला कत्तिको पिउनुहुन्छ ? सायद यो समाचार पढ्नुभयो भने हच्किनुहुन्छ होला । तपाइँले पिउने एक बोतल कोकाकोलाको क्यालोरी खर्च गर्नका लागि ७ किलोमिटर सम्म दौडनु आवश्यक हुन्छ ।
cocacolaअमेरिकाको जोन हप्किन्स ब्लुम्बर्ग स्कुल अफ पब्लिक हेल्थका वैज्ञानिकहरुले यस्तो तथ्यको खुलासा गर्दै तथापि कोकाकोला जस्ता पेय पदार्थ तथा खाद्यपदार्थको यस्तो क्यालोरीको तथ्यांकलाई धेरै उपभोक्ताले भने अर्थहीन ठान्ने गरेको बताएका छन् ।
अमेरिकन जर्नल अब पब्लिक साइन्समा छापिएको प्रतिवेदन अनुसार ५ सय मिलिलिटरको एक बोतल कोकमा २ सय १० क्यालोरी उर्जा हुन्छ । यो उर्जा भनेको एक वयस्क महिलालाई एक दिनभरमा चाहिने कुल उर्जामध्ये १० प्रतिशत हो ।
कोकाकोलामा अत्यधिक मात्रामा क्यालोरी हुने र २ सय १० क्यालोरी उर्जा खपत गर्नका लागि ६.८ किलोमिटरको दूरी दौडिने वा ४२ मिनेटसम्म हिड्नुपर्ने शोधकर्ताहरु बताउँछन् ।
अन्य खाद्यपदार्थबाट दैनिक क्यालोरीको माग पूर्ति हुने अवस्थामा कोकाकोलाको अत्यधिक सेवनले जिउमा बढि क्यालोरीको आपूर्ति भै मोटोपना तथा रगत र मुटुसम्बन्धि रोगहरुको जोखिम समेत बढाउने शोधकर्ताहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?