+
+
Shares

दिपल निभो क्यू ०५ आगामी साता नेपालमा, ‘अ क्लास अबभ’ अनुभव दिने दाबी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते ११:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमएडब्लू वृद्धि अटोकर्पले अल न्यू दिपल निभो क्यू ०५ आगामी साता नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ।
  • क्यू ०५ मा ५१.९ किलोवाट/घण्टा ब्याट्री, ३ सी फास्ट चार्जिङ र अधिकतम १६२ किलोवाट डीसी चार्जिङ क्षमता रहेको कम्पनीले जनाएको छ।
  • कम्पनीका अनुसार क्यू ०५ ले चीनको कम्प्याक्ट एसयूभी बजारमा लगातार चार महिनासम्म शीर्ष स्थान कायम गरेको छ।

५ भदौ, काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्पले अल न्यू दिपल निभो क्यू ०५ आगामी साता नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ।

चीनमा आफ्नो सेग्मेन्टको नम्बर एक एसयूभीका रूपमा स्थापित क्यू ०५ ले नेपाली बजारमा कम्फर्ट, डिजाइन र प्रविधिको संयोजनमार्फत ‘अ क्लास अबभ’ अनुभव दिने कम्पनीको दाबी छ।

सहरमा सहज रूपमा चलाउन मिल्ने बाहिरी आकारसँगै क्यू ०५ मा फराकिलो र व्यवहारिक क्याबिन दिइएको छ। २,७३५ मिलिमिटर लामो ह्विलबेसका कारण विशेषगरी पछाडिका यात्रुका लागि पर्याप्त लेगरुम उपलब्ध हुने कम्पनीले जनाएको छ। रिक्लाइन गर्न मिल्ने पछाडिका सिटले यात्राको आराम बढाउनेछन् भने ५४० लिटरको बुट स्पेसले लगेज तथा पारिवारिक यात्राका सामान राख्न पर्याप्त ठाउँ उपलब्ध गराउनेछ।

क्यू ०५ को अर्को आकर्षण यसको डिजाइन हो। यो गाडी चांगानको ग्लोबल डिजाइन नेटवर्कअन्तर्गत विकास गरिएको हो, जसमा ३१ देश तथा क्षेत्रका ९१५ डिजाइन प्रोफेसनल आबद्ध छन्। टोलीको नेतृत्व चांगानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन ग्रुपका पूर्व डिजाइन प्रमुख क्लाउस जेसियोराले गरेका छन्।

क्यू ०५ मा सफा तथा एरोडाइनामिक प्रोफाइल, विशिष्ट लाइट सिग्नेचर र फराकिलो रोड प्रेजेन्स देख्न सकिन्छ। यसको डिजाइनले गोल्डेन ए’ डिजाइन अवार्डमार्फत अन्तर्राष्ट्रिय मान्यतासमेत प्राप्त गरिसकेको कम्पनीले जनाएको छ।

इलेक्ट्रिक एसयूभी क्यू ०५ मा ५१. ९ किलोवाट/घण्टा क्षमताको क्याटल लिथियम-आइरन-फस्फेट (एलएफपी)  ब्याट्री प्रयोग गरिएको छ। उक्त ब्याट्री चांगानको गोल्डेन शिल्ड २.० ब्याट्री सिस्टम प्रविधिसँग एकीकृत गरिएको छ। यसले ३ सी फास्ट चार्जिङ सपोर्ट गर्ने तथा अधिकतम १६२ किलोवाटसम्मको डीसी चार्जिङ क्षमता दिने जनाइएको छ।

क्यू ०५ अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बिक्री प्रदर्शनसहित नेपाल आउँदैछ। चांगान निभोले ११ अगस्ट २०२६ सम्म यस मोडलको सञ्चित बिक्री एक लाख युनिट नाघेको घोषणा गरेको थियो। कम्पनीका अनुसार क्यू ०५ ले चीनको कम्प्याक्ट एसयूभी बजारमा लगातार चार महिनासम्म शीर्ष स्थानसमेत कायम गरेको छ।

फराकिलो क्याबिन, अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिजाइन र उन्नत विद्युतीय प्रविधिका कारण दिपल निभो क्यू ०५ ले नेपालको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ। कम्पनीले यसलाई ‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिको संयोजनका रूपमा प्रस्तुत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?