+
+
Shares

विद्युतीय एसयूभी जेइकु जे ५ प्रो ४७.९९ लाखमै उपलब्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसपीजी अटोमोबाइल्सले जेइकु जे ५ प्रोका लागि ४७ लाख ९९ हजार रुपैयाँको सीमित अवधिको विशेष योजना सार्वजनिक गरेको छ।
  • कम्पनीका अनुसार यो योजना पहिलो १०० ग्राहक र नाइमा मोबिलिटी एक्स्पो २०२६ मा बुकिङ गरेका ग्राहकका लागि पनि लागू हुनेछ।
  • जेइकु जे ५ प्रोमा १५५ किलोवाट मोटर, ५०.७ किलोवाट आवर ब्याट्री, १९ भन्दा बढी सुरक्षा फिचर र ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर वारेन्टी छ।

९ भदौ, काठमडाौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ मा प्राप्त उत्साहजनक प्रतिक्रिया र ग्राहकको मागलाई ध्यानमा राख्दै नेपालमा ओमोडा र जेइकु सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जेइकु जे ५ प्रोका लागि विशेष योजना सार्वजनिक गरेको छ।

सीमित अवधिका लागि लागु हुने योजनाअन्तर्गत जेइकु जे ५ प्रो अब ४७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो विशेष योजना पहिलो १०० ग्राहकका लागि मात्र लागु हुनेछ। नाइमा मोबिलिटी एक्स्पोका क्रममा जे ५ प्रो बुकिङ गर्ने ग्राहकले यही विशेष मूल्यमा गाडी खरिद गर्न पाउनेछन्।

जेइकु जे ५ प्रो प्रिमियम विद्युतीय एसयूभी सेग्मेन्टमा शक्तिशाली प्रदर्शन, आधुनिक प्रविधि र व्यावहारिक विशेषतासहित उपलब्ध रहेको कम्पनीको दाबी छ।

१५५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटरले २८८ एनएम टर्क उत्पादन गर्छ। त्यस्तै, १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स र फुल साइज स्पेयर टायरले नेपाली सडकका लागि थप व्यावहारिक बनाउने कम्पनीले जनाएको छ।

गाडीमा ५०.७ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ। यसमा १९ भन्दा बढी एडीएएस तथा सुरक्षा फिचर, प्यानोरामिक मुनरुफ र ४८० लिटरको बुटस्पेस उपलब्ध छन्।

कम्पनीका अनुसार जेइकु जे ५ थाइल्यान्ड र इन्डोनेसियामा नम्बर १ बेस्ट सेलिङ ईभी एसयूभीका रूपमा स्थापित भइसकेको छ। प्रदर्शन, प्रविधि, व्यावहारिकता र मूल्यको संयोजनका कारण अन्तर्राष्ट्रिय बजारमा यसको लोकप्रियता बढेको कम्पनीको दाबी छ।

जेइकु जे ५ प्रोसँग ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी उपलब्ध गराइएको छ। यसले दीर्घकालीन स्वामित्वमा ग्राहकलाई थप विश्वास प्रदान गर्ने कम्पनीले जनाएको छ।

शक्तिशाली इलेक्ट्रिक मोटर, उच्च ग्राउन्ड क्लियरेन्स, उन्नत सुरक्षा प्रविधि, प्रिमियम सुविधा र लामो वारेन्टीका कारण जेइकु जे५ प्रो नेपाली विद्युतीय एसयूभी बजारमा आकर्षक विकल्पका रूपमा प्रस्तुत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?