+
+
Shares

रसुवा बाढीले त्रिशूली बजार क्षणभरमै बगर (तस्वीरहरू)

आर्यन धिमाल रामहरि गजुरेल आर्यन धिमाल, रामहरि गजुरेल
२०८३ भदौ १० गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको तिब्बत क्षेत्रबाट भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले रसुवाका बस्ती, बजार, सडक, पुल र सरकारी कार्यालय बगाएको छ।
  • बाढीले रसुवागढी, टिमुरे, स्याफ्रुबेशी, मैलुङ, पैरेबेशी, शान्तिबजार र बेत्रावती क्षेत्र बगरमा परिणत भएका छन्।
  • सयौं सवारी साधन, स्थानीयको घरखेत र केही पर्यटक तथा सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका छन्।

१० भदौ, रसुवा । चीनको तिब्बत क्षेत्रबाट अप्रत्यासित रूपमा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदी किनारका बस्ती र बजारहरू बगरमा परिणत भएका छन् ।

बाढीले भन्सार कार्यालय, अध्यागमन कार्यालय, सडक, पुल, जलविद्युत् आयोजना, प्रहरी चौकी, गाउँपालिका कार्यालय, वडा कार्यालय, सरकारी कार्यालय बगाएको छ । सयौं सवारी साधन र नदी किनारका वासिन्दाको घरखेत बाढीसँगै बगेका छन् ।

यहाँका कतिपय स्थानीयदेखि आगन्तुक पर्यटकहरूसमेत सम्पर्कविहीन छन् ।

उत्तरी तिब्बततर्फको हिमालय क्षेत्रमा अत्यधिक वर्षासँगै हिमताल विस्फोट भएर बाढीले विध्वंशको रूप लिएको अनुमान गरिए पनि यसको यकिन हालसम्म हुन सकेको छैन ।

रसुवा र चीनतर्फको व्यापारिक सीमानाका रसुवागढीस्थित टिमुरे बजार, स्याफ्रुबेशी बजार, मैलुङ क्षेत्रका बस्ती र बजार, पैरेबेशी, शान्तिबजार र नुवाकोटको सीमासँग जोडिएको सबैभन्दा ठूलो बेत्रावती बजार र यहाँ आसपासका ठूला वस्तीहरू बाढीले बगरमा परिणत गरिदिएको छ ।

नदी आसपास क्षेत्रमा वस्तीहरू बगाएपछि स्थानीयवासीहरू एकापसमा सम्पर्कमा रहन सकिरहेका छैनन् । कतिपय स्थायीवासीदेखि सुरक्षाकर्मीसम्म सम्पर्कविहीन छन् ।

रसुवा क्षेत्रभित्र पहाडबीचको साँघुरो बहाव हुँदै बग्ने यस नदी आसपासका वस्तीमा एकैपटक मडारिएर बाढी आउँदा उचाइमा रहेका घरवस्तीसम्म प्रभावित भएका छन् ।

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

रामहरि गजुरेल

गजुरेल नुवाकोटमा क्रियाशील पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?