+
+
Shares

रसुवा बाढी : ७ जनाको शव फेला

रसुवाको भोटेकोशीमा आएको बाढीमा अहिलेसम्म ७ जनाको शव फेला परेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशीमा आएको बाढीमा अहिलेसम्म नुवाकोट र धादिङमा ७ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीले बताए।
  • नुवाकोटको नदी किनारमा ३ र धादिङमा ४ जनाको शव फेला परेका छन्।
  • रेग्मीले घाइतेको उद्धार, शव संकलन र बेपत्ताको खोजीकार्य जारी रहेको बताए।

१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा अहिलेसम्म ७ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा ७ जनाको शव फेला परेको हो।

उनले भने, ‘अहिलेसम्म ७ वटा शव फेला परेको छ।’ नुवाकोटको नदी किनारमा ३ र धादिङमा ४ जनाको शव फेला परेको छ।

उनले अहिले घाइतेहरूको उद्धार र फेला परेकाहरूको शव संकलनको काम भइरहेको बताए। त्यस्तै उनले मानिसहरू बेपत्ता भएको सूचना आएरहेको र खोजीकार्य पनि जारी रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?