+
+
Shares

नाडा अटो शोमा दिपल एस ०५ म्याक्सको विशेष मूल्य, सुरुवाती मूल्य ६१.४९ लाख

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमएडब्लू वृद्धि अटोकर्पले नाडा अटो शोको अवसरमा दिपल एस ०५ म्याक्सको विशेष मूल्य ६१ लाख ४९ हजार रुपैयाँदेखि सार्वजनिक गरेको छ।
  • कम्पनीका अनुसार यो विशेष मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ।
  • दिपल पेभिलियनमा पुग्ने आगन्तुकले एस ०५ म्याक्सको विशेषता र मूल्यबारे जानकारी लिन सक्नेछन्।

१० भदौ, काठमाडौं । दिपल ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्प प्रालिले नाडा अटो शोको अवसरमा दिपल एस ०५ म्याक्सको विशेष मूल्य सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार नेपालको सर्वाधिक बिक्री हुने लक्जरी ईभीका रूपमा दाबी गरिएको दिपल एस ०५ म्याक्स अब ६१ लाख ४९ हजार रुपैयाँदेखि उपलब्ध हुनेछ। यो विशेष मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।

नेपालमा सार्वजनिक भएदेखि नै दिपल एस०५ ले प्रिमियम विद्युतीय सवारी बजारमा आफ्नो बलियो उपस्थिति बनाउँदै आएको छ। आकर्षक डिजाइन, प्रिमियम इन्टेरियर, इन्टेलिजेन्ट फिचर तथा आरामदायी ड्राइभिङ अनुभवका कारण यो मोडल ग्राहकको रोजाइमा परेको कम्पनीको भनाइ छ।

एस०५ म्याक्समा भविष्यवादी बाहिरी डिजाइन, फ्रेमलेस ढोका तथा प्रिमियम क्याबिनका साथै रिमोट स्मार्ट इन्टर्‍याक्सन अर्बिट, एआर हेड–अप डिस्प्ले र इन्टेलिजेन्ट क्विन को–पाइलट सिट जस्ता प्रविधि समावेश छन्।

कम्पनीले नाडा अटो शोका लागि घोषणा गरेको विशेष मूल्यले प्रिमियम इलेक्ट्रिक एसयूभीमा अपग्रेड गर्न चाहने ग्राहकका लागि एस०५ म्याक्सलाई थप आकर्षक विकल्प बनाएको जनाएको छ।

नाडा अटो शो २०२६ मा रहेको दिपल पेभिलियनमा पुगेर आगन्तुकले एस ०५ म्याक्सको अवलोकन गर्नुका साथै यसको विशेषता तथा मूल्यबारे जानकारी लिन र विशेष मूल्यको लाभ उठाउन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?