+
+
Shares

बाढीपछिको सेयर बजार : निर्जीवन बीमामा भारी असर

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १५:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिब्बतबाट आएको बाढीका कारण निर्जीवन बीमा समूहमा लगातार दुई दिन करिब ६ प्रतिशत गिरावट आएको छ ।
  • नेप्से परिसूचक १.०४ अंक घटेर २५५७ मा कायम भएको छ भने आज ३ अर्ब ७८ करोडको कारोबार भएको छ ।
  • सिमेन्ट कम्पनीको मूल्य बढ्दा उत्पादन तथा प्रशोधन समूह १.७५ प्रतिशत उकालो लागेको छ, सर्वोत्तम पेन्ट्स १५ प्रतिशत बढेको छ ।

११ भदौ, काठमाडौं । बिहीबार पनि सेयर बजारमा निर्जीवन बीमामा भारी गिरावट आएको छ । अघिल्लो दिन यहीं समूह सबैभन्दा धेरै घटेकोमा आज पनि यो समूह २.०४ प्रतिशत घट्यो । अघिल्लो दिन ३.९० प्रतिशत घटेको निर्जीवन बीमा समूह बाढीपछिको दुई दिनमा करिब ६ प्रतिशत घटेको छ ।

हालै तिब्बतबाट आएको बाढीका कारण एक दर्जन बढी जलविद्युत् आयोजना, सयौं सवारीसाधन, सयौं भवनमा क्षति पुगेपछि त्यसको क्षतिपूर्तिको भार निर्जीवन बीमा कम्पनीमा पर्ने भएकाले सेयर बजारमा यस समूहले सबैभन्दा नकारात्मक प्रतिक्रिया जनाएको छ ।

आज नेप्से परिसूचक भने जम्मा १.०४ अंक (०.०४ प्रतिशत) घटेको हो । आजको कारोबारपछि नेप्से परिसूचक २५५७ अंकमा कायम भएको छ । १४६ कम्पनीको मूल्य बढ्दा ११८ को घटेको छ भने १५ को स्थिर रह्यो ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७८ करोडको कारोबार भयो । निर्जीवन बीमा समूहका अलवा जलविद्युत् समूह पनि आज ०.५५ प्रतिशत घट्यो । त्यस्तै जीवन बीमा ०.२४ र अन्य १.०७ प्रतिशत घटे ।

बैंकिङ ०.१४, विकास बैंक ०.४४, फाइनान्स ०.६६, होटल तथा पर्यटन ०.४१, लगानी ०.१५, उत्पादन तथा प्रशोधन १.७५, माइक्रोफाइनान्स ०.१२ प्रतिशत बढे । सिमेन्ट कम्पनीहरुको मूल्यमा आएको वृद्धिका कारण आज उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै बढ्यो ।

सर्वोत्तम पेन्ट्सको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै घोराही सिमेन्टको ८.१९, सोनापुर सिमेन्टको ५.०५, भगवती हाइड्रोपावरको ४.७२, पाल्पा सिमेन्टको ४.५३, शिवम् सिमेन्टको ४.१७ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै अपरहेवाखेला जलविद्युत् कम्पनीको ९.४५, त्रिशूली जलविद्युत् कम्पनीको ०.२३, इमर्जिङ नेपालको ८.३८, रसुवागढी हाइड्रोपावरको ८.३८ तथा माथिल्लो मैलुङखोला जलविद्युतको मूल्य ८.०० प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, एसबीआई बैंक, चिलिमे हाइड्रोपावर, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?