News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले रसुवा बाढी पीडितको राहत र उद्धारमा सहजीकरणका लागि शुक्रबारदेखि आइतबारसम्म बैंक तथा वित्तीय सेवा सुचारु राख्न निर्देशन दिएको छ।
- केन्द्रीय बैंकले अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गरेर प्रभावितलाई राहत वितरण र उद्धार कार्यमा सघाउन भनेको छ।
- बैंकहरूले सेवा सुचारु रहेको जानकारी सर्वसाधारणलाई पनि दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
११ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले शुक्रबारदेखि आइतबार पनि वित्तीय सेवा दिने भएका छन् । नेपाल राष्ट्र बैंकले रसुवा बाढी पीडितलाई राहत र उद्धारमा सहजीकरणका लागि सेवा सुचारू राख्न निर्देशन दिएको हो ।
केन्द्रीय बैंकका अनुसार, रसुवा बाढीको कारणबाट प्रभावितहरूलाई राहत वितरण तथा उद्धार कार्यमा सघाउ पुर्याउने प्रयोजनका लागि अत्यावश्यक बैंकिङ सेवा सुचारु हुनेछ ।
साथै बैंकहरूले सेवा सुचारु रहेको जानकारी पनि सर्वसाधारणलाई दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4