+
+
Shares

भिजुअल म्यापमा हेर्नुस् बाढीको बाटोमा पर्ने स्कुल, पुल र जलविद्युत् आयोजना

यो विध्वंशकारी बाढीले जलविद्युत् परियोजनाहरूमा पनि क्षति पुर्‍यायो । बाढीले रसुवागढी, सान्जेन, चिलिमे, मैलुङ जस्ता जल विद्युत परियोजनामा गम्भीर क्षति पुर्‍याएको देखिन्छ ।

सापेक्ष सापेक्ष
२०८३ भदौ १२ गते ११:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा बस्ती, बजार, विद्यालय, सडक, पुल र सरकारी संरचनामा क्षति पुर्‍याएको छ।
  • बाढीले रसुवागढी, सान्जेन, चिलिमे र मैलुङ जलविद्युत् परियोजनामा गम्भीर क्षति पुर्‍याएको देखिन्छ।
  • प्रारम्भिक तथ्यांक अनुसार बाढीले तीन जिल्लाका १८ सामुदायिक र निजी विद्यालयमा पनि पूर्ण र आंशिक क्षति पुर्‍याएको छ।

१२ भदौ, काठमाडौं । बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले सबैभन्दा बढी रसुवा, नुवाकोट र धादिङलाई प्रभाव पारेको देखिन्छ । भोटेकोशीदेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्ममा रहेका बाढीले बस्ती, बजार, विद्यालय, सडक, पुल, जलविद्युत् आयोजना, प्रसारण संरचना, सरकारी संरचना आदिमा क्षति पुगेको देखिन्छ । बाढीले उत्तिकै मात्रामा पनि धनजनको क्षति गरेको छ ।

अनलाइनखबरले अहिलेसम्म प्राप्त तथ्यांकहरूका आधारमा बाढीलाई भिजुअलमा उतार्ने कोसिस गरेको छ । तपाईंले तल स्क्रोल गर्दै जाँदा बाढीले क्षति पुर्‍याएका विभिन्न कुराहरू देख्नुहुने छ ।

सबैभन्दा पहिले बाढीको रुट हेर्नुहोस् ।

यो बाढी रसुवा नाका हुँदै टिपुरे, चिलिमे …. बेत्रावती, त्रिशूली बजार हुँदै तल आएको थियो ।

यो विध्वंशकारी बाढीले जलविद्युत् परियोजनाहरूमा पनि क्षति पुर्‍यायो । बाढीले रसुवागढी, सान्जेन, चिलिमे, मैलुङ जस्ता जल विद्युत परियोजनामा गम्भीर क्षति पुर्‍याएको देखिन्छ ।

तल तपाईंले म्यापमा क्षति पुर्‍याएका जलविद्यित परियोजनाहरू हेर्नुहुने छ ।

त्यस्तै सुरुवाती तथ्यांक अनुसार यो बाढीले तीन जिल्लाका १८ सामुदायिक नीजि विद्यालयहरूमा समेत क्षति पुर्‍याएको छ । ती मध्ये केही पूर्ण रूपमा क्षति भएका छन् भने केहीमा आंशिक क्षति पुगेको छ ।

तल तपाईंले बाढीले क्षति पुर्‍याएका विद्यालयहरू हेर्न सक्नुहुने छ ।

यसैगरी अब तपाईंले बाढीले पूर्ण र आंशिक रूपमा क्षति पुर्‍याएका पुलहरू पनि हेर्नुहुने छ ।

(अनलाइनखबरले यी तथ्यांक स्थलगत रिपोर्टिङ, सम्बन्धित निकायले संकलन गरेको प्रारम्भिक तथ्यांक र भिजुअल अनुसन्धानका आधारमा तयार पारेको हो ।)

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?