+
+
Shares

बाढीका कारण बाटो बन्द भएपछि उपत्यकामै थुप्रिए मालबाहक गाडी ( तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८३ भदौ १२ गते १३:५०

१२ भदौ, काठमाडौं । बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीपछि काठमाडौं उपत्यकाबाहिर जाने मुख्य नाका नागढुंगा–मुग्लिन राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । रसुवा हुँदै चीनको नाका जाने पासाङ ल्हामु राजमार्ग पनि पूरै ध्वस्त भएका कारण बन्द छ ।

यी सडक हुँदै समान ढुवानी गर्ने मालवाहक ट्रकहरू अहिले राजधानीमै अड्किएका छन् । कलंकीदेखि बल्खुसम्मका सडक ठूला ट्रकले भरिएको छ । सडकको एक लेनमा  ट्रकहरू लाइन लागेर बसिरहेका छन् ।

उपत्यका बाहिरिनका लागि तयारी अवस्थामा रहेका ट्रकहरू बुधबार दिउँसोदेखि नै रोकिएका हुन् ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?