+
+
Shares

भारतबाट जीटुजी माध्यममा २५ हजार टन डीएपी मल खरिद गर्ने सरकारको निर्णय

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मल खरिदका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले भारतसँग जीटुजी प्रक्रियामार्फत २५ हजार टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।
  • शुक्रबारको मन्त्रिपरिषद् बैठकले भारत सरकारसँग सम्झौता गरेर सिधै मल ल्याउने बाटो खोलेको प्रवक्ता सस्मित पोखरेलले बताए ।
  • कृषि सिजनमा किसानले भोग्दै आएको रासायनिक मल अभाव घटाउन कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी छिट्टै मल आयात अघि बढाउने छ ।

१२ भदौ, काठमाडौं । सरकारले भारतसँग ‘जीटुजी’ (सरकार-सरकार) प्रक्रिया मार्फत २५ हजार टन डीएपी मल खरिद गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मल खरिदका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गर्दै भारत सरकारसँग सम्झौता गरी सिधै मल ल्याउने बाटो खुला गरिएको जानकारी दिए ।

कृषि सिजनमा किसानले रासायनिक मल अभाव भोग्दै आएका छन् । मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त भएसँगै अब कृषि सामग्री कम्पनी लिमिटेडले भारत सरकारसँग आवश्यक प्रक्रिया पूरा गरी छिट्टै मल आयातको काम अघि बढाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?