१२ भदौ, गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित त्रिशूली नदी किनारमा भेटिएको विष्फोटक पदार्थ डिस्पोज गरिएको छ ।
नेपाली सेनाको रुद्रध्वज गणबाट खटिएको टोलिले उक्त विष्फोटक पदार्थ डिस्पोज गरेको हो ।
बिहीबार दिउँसो करिब साढे २ बजे नदी किनारमा उक्त विष्फोटक पदार्थ फेला परेको थियो । हिजो नै डिस्पोजको प्रयास गरेपनि सफल भएको थिएन ।
रसुवाबाट आएको बाढीले उक्त विष्फोटक पदार्थ बगाएर ल्याएको हुनसक्ने रुद्रध्वज गणका गणपति विरोध रिजालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4