+
+
Shares

रसुवा बाढीमा कोशीका १३८ जना सम्पर्कविहीन

प्रशासनको सूचनापछि १३८ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले नाम टिपाएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी हुँदै आएको बाढीपछि कोशी प्रदेशबाट १ सय ३८ जना सम्पर्कविहीन भएको आफन्तले प्रहरीलाई जानकारी गराएका छन्।
  • प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सम्पर्कविहीनमध्ये १५ जना सम्पर्कमा आएका छन् भने अन्यको अवस्था अझै अज्ञात छ।
  • सम्पर्कविहीनमध्ये सोलुखुम्बुका ३९, ओखलढुंगाका २०, मोरङका १६, सुनसरीका १५ र उदयपुरका १५ जना छन्।

१२ भदौ, विराटनगर । बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढी पछि कोशी प्रदेशबाट सम्पर्कविहीन हुनेको संख्या १ सय ३८ पुगेको छ । बाढीपछि स्थानीय प्रशासनले सम्पर्क बिहिनहरुको विवरण उपलब्ध गराउन अनुरोध गरेको थियो । प्रशासनको सूचनापछि १३८ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले जानकारी गराएका छन्।

प्रदेश प्रहरी कार्यालय विराटनगरले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार सम्पर्कविहीन मध्ये १५ जना सम्पर्कमा आएका छन् । अन्यको अवस्था अझै अज्ञात छ ।

प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा सोलुखुम्बुका ३९ जना छन् । ओखलढुंगा घर भएका २० जना अझै सम्पर्कविहीन छन् । मोरङबाट १६ जना, सुनसरीबाट १५ जना, उदयपुरबाट १५ जना सम्पर्कविहीन रहेको प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले जानकारी दिएका छन् ।

झापाका १० जना सम्पर्कविहीन छन् । इलामका ७ जना सम्पर्कविहीन छन् । खोटाङका ८ जना, संखुवासभाका ३ जना, धनकुटाका तथा ताप्लेजुङका २–२ जना र भोजपुरका १ जना अझै सम्पर्कविहीन रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

रोजगारी, व्यापार, पर्यटन, अन्य काम तथा धार्मिक भ्रमणका लागि रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा पुगेकाहरु बाढीपछि सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?