+
+
Shares

तिलगंगा आँखा प्रतिष्ठानको घोषणा : राहत कोषमा १ करोड, प्रभावितको नि:शुल्क उपचार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिलगंगा आँखा प्रतिष्ठानले रसुवा बाढी प्रभावितको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने भएको छ।
  • प्रतिष्ठानले कर्मचारीहरूको एक दिनको तलब पनि सोही कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
  • प्रतिष्ठानले प्रभावित क्षेत्रका घाइते र बिरामीको आँखा सम्बन्धी निःशुल्क उपचार गर्ने र टोली परिचालन गरेको जनाएको छ।

१२ भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभावित जनताको उद्दार तथा राहतका लागि तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ र  कर्मचारीहरुवाट एक दिनको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ ।

साथै, प्रभावित क्षेत्रका घाइते र बिरामीहरुको आँखा सम्बन्धी नि:शुल्क उपचार गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ ।

प्रतिष्ठानअन्तर्गत रसुवा, नुवाकोट र धादिङमा कार्यरत कर्मचारीहरूलाई  ग्रामीण आँखा केन्द्र समेतको सहयोग लिई एक टोली बनाई जिल्ला दैवी प्रकोप समन्वय समितिसँगको समन्वयमा बाढी प्रभावित क्षेत्रका समुदायको आवश्यकताअनुसार आँखा परीक्षण र उपचारमा परिचालन गरेको जानकारी पनि प्रतिष्ठानले जानकारी गराएको छ ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान परिवारले आर्जन गरेको रकम तथा देशभित्र र बाहिर रहेका शुभेच्छुक, सहयोगी मित्रहरूमार्फत प्राप्त रकमबाट नेपाल सरकारको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुग्ने अपेक्षासहित रकम प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?