News Summary
Generated by OK AI. Editorially reviewed.- बाढीले अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत गल्छी-मलेखु सडकखण्डमा लेदो पन्छाएर अत्यावश्यक सवारीसाधनको आवागमन पुनः सुरु गरिएको छ ।
- भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सडकखण्ड आंशिक खुलेको र अलपत्र सवारीसाधन सुरक्षित गन्तव्यतर्फ पठाइएको जानकारी दिए ।
- लेदो पन्छाउने कामसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको उनले बताए ।
१२ भदौ, काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग अन्तर्गत गल्छी-मलेखु सडक खण्ड आंशिक खुलेको छ ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार उक्त सडकखण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधन आवागमन पुन: सुरु गरिएको छ ।
राजमार्गमा अलपत्र सवारीसाधन समेत सुरक्षित गन्तव्यतर्फ पठाइएको छ । लेदो पन्छाउने र सडक खुलाउने कामसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको उनले जानकारी मन्त्री लम्सालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4