News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिवेणी समूहले रसुवा बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
- त्रिवेणी समूहका अध्यक्ष सुभाष चन्द्र संघईले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
- बुधबार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवामा ठूलो जनधनको क्षति गरेको छ।
१२ भदौ, काठमाडौं । रसुवा बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा लागि त्रिवेणी समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
अग्रणी व्यावसायिक घराना त्रिवेणी समूहका अध्यक्ष सुभाष चन्द्र संघईले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा त्रिवेणी समूहका निर्देशकहरू गोविन्दलाल संघई, हर्षवर्धन संघई तथा साकेत संघई उपस्थित थिए।
हालैका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा जनधनको ठूलो क्षति भएको अवस्थामा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै त्रिवेणी समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत सहयोग उपलब्ध गराएको जनाएको छ ।
बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ।
प्रतिक्रिया 4