News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशीमा आएको बाढीले धादिङको बैरेनीदेखि गलौदीसम्मको काठमाडौं-मुग्लिन सडकमा थुपारेको लेदो पन्छाएपछि शुक्रबार राति ८ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको छ।
- सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख डिल्ली नारायण पाण्डेले बैरेनी क्षेत्रमा केही लेदो बाँकी रहेकाले तत्काल दुईतर्फी यातायात सञ्चालन नगरिएको बताए।
- उनले सवारीसाधनको चाप भएका ठाउँमा सुरक्षाकर्मी राखेर सहजीकरण गरिएको र दुईतर्फी सडक सञ्चालन गर्ने योजना रहेको बताए।
१३ भदौ, काठमाडौं । पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीले धादिङको बैरेनीदेखि गलौदीसम्मको काठमाडौं-मुग्लिन सडकमा लेदो थुपारेको थियो ।
बाढीले ठाउँठाउँमा थुपारेको लेदो पन्छाएपछि शुक्रबार राति ८ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका प्रमुख डिल्ली नारायण पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा लेदो पूर्ण रूपमा पन्छाउन बाँकी रहेकोले सडक एकतर्फी सञ्चालनमा आएको उनको भनाइ छ ।
उनले भने, ‘शुक्रबार राति ८ बजेतिर सडक वान वे सञ्चालनमा ल्याएका हौं । बाढीका कारण राजमार्गका ठाउँठाउँमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई प्राथमिकतामा राखेर गन्तव्यतर्फ पठाउने काम गरेका थियौं ।’
सडकमा सवारीको चाप रहेकाले समस्या भएका ठाउँठाउँमा सुरक्षाकर्मी राखेर सहजीकरण गरिएको उनले बताए ।
उनले भने, ‘बैरनी क्षेत्रमा केही समस्या छ । दुई चार घण्टामा उक्त ठाउँको लेदो पन्छाउन त सकिन्छ । तर सडकमा सवारी सञ्चालन गरेर लेदो पन्छाउँदा काम गर्न असहज हुन सक्छ । दुईतर्फी सडक सञ्चालनमा ल्याउने गरी काम गर्ने योजना छ ।’
प्रतिक्रिया 4