+
+
Shares

आँबुखैरेनी–जामुने सडकखण्ड स्तरोन्नतिको काम ९५ प्रतिशत सकियो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–जामुने सडक स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ।
  • मुग्लिङ–पोखरा सडकको पूर्वी खण्डमा चार लेनको सडक र रंगरोगनको काम सकिएको छ।
  • मादी पुल निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ र ठेक्का सम्झौता २०७७ माघ १७ मा भएको थियो।

१९ फागुन, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–जामुने सडक स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ । आयोजना निर्देशनालय (ए.डि.बी) का प्रमुख चुडाराज ढकालले सो जानकारी दिएका हुन् ।

एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक खण्डको लागत ६ अर्ब ३१ करोड रहेको छ । पूर्वी खण्ड अन्तर्गत आबुखैरेनीदेखि जामुनेसम्मको क्षेत्रफल पर्छ । ४१ किलोमिटर लम्बाइ रहेको सडक खण्डको बजार क्षेत्रमा ६ लेन विस्तार गरिएको छ । मुग्लिङ–पोखरा सडकको पूर्वी खण्डको काम चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन कम्पनी लिमिटेडले गरिरहेको छ ।

सडक निर्माणमा सबै क्षेत्रको सहयोग भएका कारण निर्माणमा सहज भएको आयोजना निर्देशनालय (ए.डि.बी) का प्रमुख चुडाराज ढकाल बताउँछन् । मुग्लिङ–पोखरा सडकखण्ड नेपालकै नमूना सडक भएको आयोजना निर्देशक ढकालको भनाइ छ ।

मुग्लिङ–पोखरा सडकखण्डको पूर्वी खण्डमा चार लेनको सडक र रंगरोगनको काम सकिएको आयोजनाले जनाएको छ ।

पूर्वी खण्डमा पर्ने मादी पुल निर्माणको ८० प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीसँग २०७७ माघ १७ मा सडक स्तरोन्नतिको ठेक्का सम्झौता भएको थियो । मुग्लिङ–पोखरा सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नतिको थालनी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?