News Summary
Generated by OK AI. Editorially reviewed.- नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
- सडक कालोपत्र र क्षेत्र विस्तारका लागि मंसिर २४ देखि पुस १ गतेसम्म बिहान साढे १० बजेदेखि अपरान्ह साढे ३ बजेसम्म बन्द हुनेछ।
- अत्यावश्यक सेवा सवारीलाई सहजीकरण गरिने र अन्य सवारीलाई रोक्ने व्यवस्था मिलाइएको छ भने ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
२१ मंसिर, काठमाडौं । नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक ५ घण्टा बन्द हुने भएको छ ।
नागढुंगा–पिप्लामोड खण्डमा कालोपत्र र पोखरेभिर क्षेत्र विस्तारका लागि एकैपटक धेरै उपकरण सञ्चालन गर्नुपर्ने भएकाले अस्थायी रूपमा यातायात रोक्न लागिएको हो ।
आगामी बुधबारदेखि पाँच दिन दैनिक बिहान साढे १० बजेदेखि अपरान्ह साढे ३ बजेसम्म सडक बन्द हुनेछ ।
अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, सुरक्षा निकाय, दमकल, शववाहनलाई भने सहजीकरण गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
अन्य सवारीसाधनलाई विभिन्न स्थानहरूमा रोक्ने व्यवस्था मिलाइएको छ । ट्राफिक प्रहरीले वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया 4