+
+
Shares

बाढीपहिरोले काठमाडौं-हेटौंडा जोड्ने दुई सडकखण्ड अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कान्तिलोकपथ र त्रिभुवन राजपथ सडकखण्ड मकवानपुरको भिमफेदी गाउँपालिकामा पहिरो र भेलबाढीले अवरुद्ध भएका छन्।
  • शुक्रबार दिउँसो सवा ३ बजेको समयमा बागझुरास्थित त्रिभुवन राजपथमा भेलबाढीले सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।
  • पहिरो पन्छाउन प्रहरी टोली परिचालन भए पनि लगातार पानी परिरहेको कारण सडक खुलाउन समस्या भइरहेको छ।

६ भदौ, काठमाडौं । काठमाडौं- हेटौंडा जोड्ने कान्तिलोकपथ र त्रिभुवन राजपथ सडकखण्ड अवरुद्ध भएका छन् ।

मकवानपुर प्रहरीका अनुसार कान्ति लोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ स्थित भर्‍याङ डाँडा र त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका-१ स्थित बागझुरामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

शुक्रबार दिउँसो सवा ३ बजेको समयमा बागझुरास्थित त्रिभुवन राजपथ सडक खण्डमा गिटी बालुवासहितको भेलबाढी आउँदा सडक पूर्ण रूपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

यसैगरी वर्षाका कारण सडकमाथिबाट ढुंगामाटो सहितको पहिरो खस्दा कान्तिलोकपथ सडक खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

पहिरो गएर सडक अवरुद्ध बनेको खबर थाहा पाउने बित्तिकै सडक खुलाउन प्रहरी टोली परिचालन भएको छ । तर पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?