+
+
Shares

कान्ति लोकपथ पुनः अवरुद्ध, डाइभर्सनको ह्युमपाइप बग्यो

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती खोलामा बनाइएको डाइभर्सनमा राखिएको ह्युमपाइप बाढीले बगाएपछि बाटो अवरुद्ध भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते २१:२४

२१ वैशाख, काठमाडौं । संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने कान्ति लोकपथ पुनः अवरुद्ध भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती खोलामा बनाइएको डाइभर्सनमा राखिएको ह्युमपाइप बाढीले बगाएपछि बाटो अवरुद्ध भएको हो ।

गत असोजको १० र ११ गते आएको भारी वर्षाका कारण ललितपुर र मकवानपुर जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँचमार्ग बगाएको थियो । डाइभर्सन निर्माण गरेर दुई सातापछि यातायात सञ्चालन थालिएको थियो ।

शनिबार रातिदेखि अविरल परेको वर्षाले डाइभर्सन बगाएको हो ।

बिहान बाटो खुलाउन प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले डाइभर्सन ममर्त गरेपछि केही समय यातायात खुलेको थियो । तर, बाढीले डाइभर्सन पुनः बगाएपछि कान्ति लोकपथ अवरुद्ध भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

डीएसपी अर्यालले डाइभर्सन बनाउन प्रयोग गरिएको ह्युमपाइपसमेत बाढीले बगाएकाले सवारीसाधन आवतजावतामा पूर्ण रूपमा समस्या भएको जानकारी दिए । उनले डाइभर्सन मर्मत गर्न समय लाग्ने भन्दै सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?