
६ भदौ, काठमाडौं। नेपालको अग्रणी कम्प्युटर तालिम संस्था ब्रोडवे इन्फोसिसले डिजिटल प्रतिभा विकास पुरस्कारबाट सम्मानित भएको छ ।
ताइवानको ताइपेईमा आयोजित समारोमा वर्ल्ड इन्नोभेशन, टेक्नोलोजी एण्ड सर्भिसेस एलायन्सले ब्रोडवे इन्फोसिसलाई पुरस्कार प्रदान गरेको हो ।
सूचना प्रविधिमा दक्ष जनशक्तिहरू उत्पादन गरेको भन्दै ब्रडवे इन्फोसिसलाई पुरस्कार प्रदान गरेको क्यान महासंघका पूर्वअध्यक्ष रञ्जित पोदारले जानकारी दिए ।
उनका अनुसार डिजिटल प्रतिभालाई नवीनता र सीप विकासमा विश्वस्तरको जनशक्ति बनाउनुमा ठुलो सहयोग गरेको भन्दै पुरस्कार दिएको हो ।
उक्त प्रतिष्ठित पुरस्कार १३ क्याटेगोरीमा १३० उत्कृष्ट प्रस्तावहरू मध्येबाट छनोट गरिएको थियो।जसमा ब्रोडवे इन्फोसिस छानिएको थियो ।
यस्तै प्रतिष्ठित पुरस्कार पाएपछि यो नेपालको सूचना प्रविधि विकासमा कोसेढुंगा साबित भएको ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले बताए ।
उनले भने, ‘हामीले प्रविधिको दुनियाँमा डिजिटल शिक्षा, सीप विकास र नवीनतालाई प्राथमिकता दिएर विश्वस्तरको दक्ष जनशक्ति उत्पादनमा जोड दिइरहेका छौं।’
डिजिटल शिक्षामा उच्च गुणस्तरीय, उद्योग-अनुकूल सूचना प्रविधि शिक्षाको विकास र नेपाल बाहिर डिजिटल जनशक्तिहरूको व्यवस्थापन नै आगामी पुस्तालाई निरन्तर पोषण गर्ने ब्रडवे इन्फोसिसको प्रतिबद्धता रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4