News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल निर्माण व्यवसायी महासंघले बाढी प्रभावित जिल्लामा मानवीय सहायता पुर्याउन पिकअप र मिनी ट्रकसहितका सवारी साधन जुटाउन थालेको छ।
- महासंघले आफ्ना सदस्यसँग सवारी साधन उपलब्ध गराउन माग गर्दै पूर्वाधार विकास मन्त्रालयसँग समन्वय गरी प्रयोग गर्ने जनाएको छ।
- रसुवा, नुवाकोटलगायत जिल्लामा सहायता सामग्री लैजान महासचिव शिवहरी घिमिरेसहितका पदाधिकारीलाई सम्पर्क गर्न महासंघले सूचित गरेको छ।
१३ भदौ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले बाढी प्रभावित जिल्लामा सहयोग सामग्री पुर्याउन आवश्यक सवारी साधनको जोहो सुरु गरेको छ ।
सोही क्रममा महासंघले आफ्नो सदस्यहरुसँग पिकअप, मिनी ट्रक लगायन सवारी साधन उपलब्ध गराउन माग गरेको छ ।
ती सवारी साधन पूर्वाधार विकास मन्त्रालयसँग समन्वय गरी मानवीय सहायताको काममा उपयोग गरिने महासंघले जनाएको छ ।
महासंघले आफ्नो सवारी साधन उपलब्ध गराउन महासचिव शिवहरी घिमिरे, उपमहासचिव मंगलबहादुर शाही, कार्यालय प्रमुख प्रेम सिंह ऐर र हेल्लो महासंघ अन्तर्गत अभिनय दाहाललाई सम्पर्क गर्न समेत सूचित गरेको छ ।
यी सवारी साधन रसुवा, नुवाकोटलगायत बाढी प्रभावित जिल्लामा आवश्यक मानवीय सहायता लैजान प्रयोग गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4