News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन वार्ता भएको छ।
- दुवै पक्षले विपद् व्यवस्थापन, सूचना आदानप्रदान र प्रभावकारी पूर्वसूचना प्रणालीका लागि सहकार्य बढाउनेमा जोड दिएका छन्।
- रसुवा–जिलोङ बन्दरगाह क्षेत्रको बाढीबाट भएको जनधनको क्षतिप्रति दुवै नेताले दु:ख व्यक्त गरेका छन्।
१३ भदौ काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन वार्ता भएको छ।
वार्तामा दुवै पक्षले भविष्यमा यस्ता विपद्का जोखिम न्यूनीकरण गर्न प्रभावकारी पूर्वसूचना प्रणाली विकास तथा दुई देशबीचका विद्यमान संयन्त्रलाई थप सुदृढ गर्ने विषयमा सहकार्य बढाउनेमा जोड दिएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल र चीनबीच विपद् व्यवस्थापन, सूचना आदानप्रदान तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन निरन्तर समन्वय र सहकार्य गर्ने विषयमा दुवै पक्षबीच कुराकानी भएको हो
वार्ताका क्रममा दुवै नेताले रसुवा–जिलोङ बन्दरगाह क्षेत्रको विनाशकारी बाढीबाट दुवै देशमा भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका थिए ।
दुवै नेताबीच बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा पनि कुराकानी भएको थियो ।
चीनमा बाढीका कारण अलपत्र परेका नेपाली नागरिकको स्वदेश फिर्ती तथा उद्धारका विषयमा समेत छलफल भएको थियो। परराष्ट्रमन्त्री खनालले विपद्को यस कठिन घडीमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक मानवीय राहत तथा सहयोगप्रति चिनियाँ विदेशमन्त्री वाङमार्फत चीन सरकारलाई धन्यवाद दिएको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4