News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीमा फसेकाको उद्धार र राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ।
- प्रधानमन्त्री बालेन शाहले ९ वाणिज्य बैंकका खातामा उक्त रकम जम्मा भएको र हिमालयन तथा लक्ष्मी बैंकमा १८ लाख ८ हजार १८९ अमेरिकी डलर थपिएको जानकारी दिए।
- उनले सरकारी ‘क्युआरकोड’ र ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ तथा ‘प्रधानमन्त्री कोष’का खातामा मात्र सहयोग गर्न आग्रह गरे।
१३ भदौ, काठमाडौं । भोटेकोशी बाढीमा फसेकाको उद्धार एवं राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री बालेन शाहले ९ वटा वाणिज्य बैंकको खाताहरूमा उक्त रकम जम्मा भएको जानकारी दिए ।
यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको उनले बताए ।
‘विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष)मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4