फाइल तस्वीर
१४ भदौ, काठमाडौं । बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाब बढ्दा सडक अवरुद्ध भएको हो ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) का अनुसार त्रिशूलीमा आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको छ । बाढीले कटान गरेपछि सडक केही भासिएको छ ।
आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्णरूपमा बन्द भएको हो । सडक बन्द भएपछि यात्रु अलपत्र परेका छन् ।
चितवन प्रहरीले अर्को सूचना जारी नभएसम्मका लागि चितवनको नारायणगढबाट काठमाडौं जाने र काठमाडौंबाट यसतर्फ आउने सवारीसाधनहरू सञ्चालनमा रोक लगाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4