+
+
Shares

पृथ्वी राजमार्ग तीन दिनदेखि बन्द, अझै तीन ठाउँको लेदो हटाउन बाँकी

उनका अनुसार गजुरी गाउँपालिका-५ अन्तर्गत बाहुनी भिरमा बाढीले थुपारेको लेदो हटाउन अहिलेसम्म उपकरण पुग्न सकेको छैन । यो ठाउँमा लेदो पन्छाउनका लागि पहिला गलौदी र महेश दोभान क्षेत्रको लेदो हटाउनुपर्ने उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते ७:२२
Photo Credit : Photo Credit: Bhuwan Shrestha

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी नदीको बाढीले थुपारेको लेदोका कारण पृथ्वी राजमार्ग बुधबार साँझदेखि अवरुद्ध छ ।
  • धादिङको गजुरी गाउँपालिका-५ को गलौदी र बाहुनी भिर तथा गल्छी गाउँपालिकाको महेश दोभानमा लेदो पन्छाउन बाँकी छ ।
  • ट्राफिक प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेयले सडकमा बस्ती भएकाले जमेका लेदो अन्यत्रै लगेर फाल्न ढिलाइ भएको बताए ।

१२ भदौ, काठमाडौं । काठमाडौं-मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत पृथ्वी राजमार्ग अझै अवरुद्ध छ ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पृथ्वी राजमार्गको धादिङको गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न खण्डमा लेदो थुपारेपछि बुधबार साँझदेखि सडक अवरुद्ध छ ।

ट्राफिक प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेयका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीको दुई स्थानमा र गल्छी गाउँपालिकाको एक ठाउँमा बाढीले थुपारेको लेदो पन्छाउन बाँकी छ ।

उनका अनुसार गजुरी  गाउँपालिका-५ को गलौदी र बाहुनी भिरमा लेदोका कारण समय रहेको छ । यसैगरी गल्छी गाउँपालिकाको महेश दोभान भन्ने स्थानमा लेदो पन्छाउन बाँकी रहेको उनले बताए ।

लेदो थुप्रिएको ठाउँमा उपकरणहरू प्रयोग गरी लेदो हटाउन काम भइरहेको उनले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘सडकमा लेदो थुप्रिएको ठाउँमा बस्तीहरू छन् ।  जसका कारण त्यहाँ जमेका लेदो उठाएर अन्यत्रै लगेर फाल्नु परेकोले ढिलाइ भएको हो ।’

उनका अनुसार गजुरी गाउँपालिका-५ अन्तर्गत बाहुनी भिरमा बाढीले थुपारेको लेदो हटाउन अहिलेसम्म उपकरण पुग्न सकेको छैन । यो ठाउँमा लेदो पन्छाउनका लागि पहिला गलौदी र महेश दोभान क्षेत्रको लेदो हटाउनुपर्ने उनले बताए ।

उनका अनुसार आज दिनभरिमा सडक खुलाउने गरी काम तीव्र गतिमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?