+
+
Shares

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा पुग्दा खतराको तहभन्दा कम

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते ९:४७

१४ भदौ, चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको बहाव चितवन पुग्दा भने घटेको छ । त्रिशूली नदी हुँदै बिहान ७ः०० बजे बाढी मुग्लिन कटेको थियो ।

बाढी पूर्वानुमान महाशाखाका ‘हाइड्रोलोजिष्ट’ सचित कर्मचार्यका अनुसार त्रिशूलीमा पानीको बहाव बाढी आउनुअघिको भन्दा तीनदेखि साढे तीन मिटर बढेको छ ।

आजको बाढी नारायणीमा मिसिएपछि दुईदेखि साढे दुई मिटर बहाव बढ्ने उनको अनुमान छ । नारायाणी नदीको देवघाटमापन केन्द्रमा बाढी आउनुपूर्वको बहाव छ मिटर रहेको र सो स्थानमा पानीको बहाव नौ मिटर पुगेपछि खतरोन्मुख हुने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए ।

यद्यपि पहिलेको भन्दा नदीमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन नदी तटीय क्षेत्रका बासिन्दालाई उनले आग्रह गरे ।

यसैबीच पृथ्वीराजमार्गको कृष्णभीरमा सडक भासिएपछि सो राजमार्ग अवरुद्ध भएको चितवनका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए । सडक भासिएपछि चितवन तर्फबाट पृथ्वीराजमार्गतर्फ गुड्ने सवारीसाधनलाई सुरक्षित स्थानहरूमा रोकिएको उनले जानकारी दिए ।

यसअघि भोटेकोशी नदीमा पुनः बाढी आएको खबर फैलिएसँगै बिहान ४ः०० बजेपछि रोकिएको सडक ७ः०० बजेदेखि खुलेकामा अहिले पुनः सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?