१४ भदौ, काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो ।
बिहीबार ३ लाख २० हजार ९ सय तथा बुधबार ३ लाख २२ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदी आज तोलामा १८५ रुपैयाँ घटेको छ । शुक्रबार ४ हजार ९६५ रुपैयाँ रहेको चाँदीको भाउ आज ४ हजार ७८० रुपैयाँमा कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4