१४ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा तत्काल २५ लाख जम्मा गर्ने निर्णय गरेको छ ।
पार्टीले नगद सहयोगका साथै प्रभावित क्षेत्रका नागरिकका लागि आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको जनाएको छ।
प्रभावित नागरिकलाई तत्काल राहत तथा पुर्नस्थापनमा टेवा पुगोस् भन्ने उद्देश्यले नगद तथा राहत सामग्री उपलब्ध गराउने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले बताए ।
संकटको समयमा नागरिकको जीवनरक्षा र राहत वितरणलाई प्रभावकारी बनाउन सबै पक्षको हातेमालो आवश्यक रहेको पार्टीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4