+
+
Shares

पाटनमा मतयाः पर्व मनाइँदै (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८३ भदौ १४ गते १५:३०

आज ललितपुरको पाटनमा मतयाः पर्व मनाइँदै छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट बिहानैबाट मतयाः यात्रा सुरु गरी यो पर्व मनाइन्छ । मतया: यात्राको बौद्ध धर्मसँग नजिकको सम्बन्ध रहेको छ । बौद्ध धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउने ‘’ को सुरुवातसँगै पाटनका मानिसहरू मतया: लाई स्वागतका लागि तयारी गरिरहेका हुन्छन् ।

केही रात बाजागाजासहित शहरको परिक्रमा गर्दछन् । मतया: यात्राको दिन यसमा सहभागी हुनेहरूले पाटनभर छरिएर रहेका १,४०० धार्मिक स्थलहरूको भ्रमण गर्नुपर्ने हुन्छ । यात्रा बिहानै सुरु हुन्छ र विशेष पुजारीले यात्राको नेतृत्व गर्ने गर्दछन् । यात्रा सक्न दिन भर लाग्छ ।

यात्रामा सबैले आफ्नो जीवनकालमा एक न एक पटक सहभागी हुनै पर्छ भन्ने मान्यता रहिआएको छ ।

यात्राका क्रममा भक्तजनहरूले चामल, फूल र पैसा चैत्यहरूमा चढाउने गर्दछन् । यात्रामा हिँड्नेहरू मध्ये कसैले परम्परागरत बाजा बजाउँछन् भने कसैले मैन बत्ती समाएर हिँड्छन् । अरूहरू चाहिँ राक्षसको रूप धारण गरेर पनि यात्रामा सरिक हुन्छन् ।

के छ किम्बदन्ती ?

स्थानीयका अनुसार यो यात्राको सुरुवात लिच्छवीकालमा भएको हो । राजा बालचन्द्र देवका छोरा गुण कामदेवले पाटका १० टोल : मङ्गलबजार, चक्रबहिल, इखा छे:, बुबहाल, हउगल, ओकुबाहाल, कोबाहाल, सौगल र नकबहिलका जनतालाई सम्मिलित गरेर यो यात्रा सुरु गरेको मान्यता छ ।

मतया:लाई नेकु जात्रा पनि भन्ने गरिन्छ । नेवारी भाषामा ‘नेकु’ ले भैंसीलाई चिनाउँछ । गाइजात्राको भोलिपल्ट मनाइने हुँदा यसलाई नेकु मतया भनिएको पनि हुनसक्छ ।

नेवारी भाषामा ‘मत:’ को अर्थ बत्ती हुन्छ भने ‘या’ को अर्थ ‘चाडपर्व’ अथवा ‘यात्रा’ हुन्छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?