+
+

सानिमा बैंकको नाफा ५२ प्रतिशतले वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १२ गते १२:४०

१२ कात्तिक, काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १३ करोड ९ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५१.७ प्रतिशतले बढी हो ।

sanimaबैंकले अघिल्लो वर्षको यसै अवधिमा ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस अवधिमा बैंकले २४ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्ष बैंकको ब्याज आम्दानी १६ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।

बैंकले सम्भावित जोखिम कर्जा व्यवस्थापनका लागि २ करोड ७९ लाख ६६ हजार रुपैयाँ छुट्टाएको छ । यो रकम अघिल्लो वर्षको तुलनामा दोब्बर भन्दा बढी हो । अघिल्लो वर्ष बैंकले ८५ लाख १८ हजार रुपैयाँ सम्भावित जोखिम व्यवस्थाका लागि छुट्टाएको थियो ।

बैंकको प्रतिशेयर आम्दानी -वाषिर्क) २० रुपैयाँ १५ पैसा, प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ २४ पैसा, मूल्य आम्दानी अनुपात २४.३२ गुणा, प्रतिशेयर कुल सम्पत्ति एक हजार २३४ रुपैयाँ ८४ पैसा, खराव कर्जाको मात्रा ०.०५ प्रतिशत, स्प्रेड दर ४.५७ प्रतिशत रहेको छ ।

बैंकले यस अवधिसम्म २६ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । अघिल्लो वर्षको यसै अवधिसम्म बैंकले १८ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ करोड ४५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?