+
+
Shares

फर्केर हेर्दा जेनजी आन्दोलन (तस्वीरहरू)

नेपालमा केही घण्टाभित्रै ठूलो उथलपुथल ल्याएको जेनजी आन्दोलनको मंगलबार एक वर्ष पूरा भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते २०:१५

२३ भदौ, काठमाडौं । नेपालमा केही घण्टाभित्रै ठूलो उथलपुथल ल्याएको जेनजी आन्दोलनको मंगलबार एक वर्ष पूरा भएको छ ।

अघिल्लो वर्ष आजकै दिन(भदौ २३) जेनजी पुस्ताले सामाजिक सञ्जाल खुलाउनुपर्ने, सुशासन, भ्रष्टाचारविरुद्धका अजेन्डासहित सडकमा ओर्लिएका थिए ।

राजधानीका सडकमा सुरुमा निकै शान्त र सौम्य रूपमा सुरु भएको प्रदर्शन नयाँबानेश्वरको संसद् भवनअगाडि पुग्दा निकै उग्र बन्न पुगेको थियो । सोही क्रममा गोली चल्दा काठमाडौंमा १७ जना नवयुवाको ज्यान गएको थियो ।

त्यसको दोस्रो दिन भदौ २४ गते देशभर निकै ठूलो विध्वंश भयो । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतदेखि राज्यको प्रमुख अंगसहितका सरकारी संरचना जलाएर खरानी बनाइए ।

नेपाल प्रहरीमाथि निकै ठूलो आक्रमण गरियो । कैयौं प्रहरी संरचना ध्वस्त पारिए ।

सञ्चारमाध्यम, राजनीतिक दलका नेताका घर तथा कार्यालय, निजी व्यापारिक प्रतिष्ठानहरूमा पनि निकै ठूलो क्षति भयो ।

त्यसैक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन बाध्य भएका थिए ।

त्यसपछि देश लगभग शून्यतामा पुगेको थियो । केही घण्टा देशको कमान अघोषित रूपमा सेनाका हातमा पुगेको थियो ।

लामो प्रयासपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए ।

प्रधानमन्त्री नियुक्त भएलगत्तै कार्कीकै सिफारिसमा तत्कालीन प्रतिनिधिसभा बिघटन गरियो ।

कार्की नेतृत्वकै सरकारले फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गरेर हाल देश फेरि निर्वाचित सरकारको हातमा पुगेको अवस्था छ ।

तस्वीरहरू : कमल प्रसाईँ, शंकर गिरी, आर्यन धिमाल, चन्द्रबहादुर आले, विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?