News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ १९ औं एसिया प्यासिफिक स्क्रिन अवार्ड्समा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनय विधामा मनोनीत भएको छ।
१९ औं एसिया प्यासिफिक स्क्रिन अवार्ड्समा नेपाली फिल्म एलिफेन्ट्स इन द फग : तिनीहरू तीन प्रमुख विधामा मनोनीत भएको छ । अस्ट्रेलियामा आयोजना हुने अवार्डमा यस फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक (अविनाश विक्रम शाह) र उत्कृष्ट अभिनय (पुष्पा थिङ लामा) विधामा मनोनयन प्राप्त गरेको हो ।
अहिले हलमा लागिरहेको यो फिल्मले यस वर्षको अवार्ड प्रतिस्पर्धाको अन्तर्राष्ट्रिय मञ्चमा बलियो उपस्थिति जनाइरहेको छ । यसअघि कान्स फिल्म महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा पुरस्कृत भइसकेको छ ।
एसिया प्यासिफिक स्क्रिन अवार्ड्समा भने निर्देशनतर्फ निर्देशक अविनाश विक्रम शाहले हमागुची रियुसुके, सोम्पोत चिद्गासोर्नपोङसे, आउङ फ्यो र जेनिफर पिडम जस्ता विश्वविख्यात निर्देशकहरूसँग प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी, उत्कृष्ट अभिनय विधातर्फ मुख्य अभिनेत्री पुष्पा थिङ लामाले मनोनयन पाएकी छन् ।
एसिया प्यासिफिक स्क्रिन एकेडेमीका अनुसार आगामी ३० अक्टोबरमा अस्ट्रेलियाको गोल्डकोस्टमा विजेताहरूको घोषणा हुने छ ।
प्रतिक्रिया 4