News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले अस्कर सिफारिस र एसिया प्यासिफिक स्क्रिन अवार्ड मनोनयन भएको ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई बधाइ दिएका छन्।
- उहाँले सामाजिक सञ्जालमा ग्राफिक्स तस्वीर सेयर गर्दै फिल्म हेर्न आग्रह गर्नुभएको छ।
- अविनाशविक्रम शाह निर्देशित यो फिल्म यसअघि कान्समा पुरस्कृत भइसकेको छ र सरकारले नगद राशीसहित पुरस्कृत गरिसकेको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया प्यासिफिक स्क्रिन अवार्डमा मनोनयन भएको फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई बधाइ तथा शुभकामना दिएका छन् ।
बालेनले दुवै अवार्डमा सिफारिस र मनोनयन भएको ग्राफिक्स तस्वीर सामाजिक संजालमा सेयर गर्दै फिल्म हेर्न आग्रह गरेका छन् । लेख्छन्- हलमा दोस्रो हप्तामा लाग्दैछ है ।
अविनाशविक्रम शाह निर्देशित यो फिल्म यसअघि फ्रान्सको कान्समा पुरस्कृत भैसकेको छ । सरकारले पनि यो फिल्मलार्ई नगद राशीसहित पुरस्कृत गरिसकेको छ ।
यो फिल्म प्यासिफिक स्क्रिन अवार्डको उत्कृष्ट फिल्म, निर्देशक र अभिनेता विधामा मनोनयन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4