+
+
Shares

पशुपतिमा तीज उत्सव : रातो सारी र चुल्ठोमा रंगचंगी फूल (तस्वीरहरू)

महिलाहरूले चुल्ठोमा थरीथरीका प्राकृतिक र कृतिम फूल सिरिउनु नेपाली परम्परा, संस्कृति र सौन्दर्यको एउटा सुन्दर प्रतीक मानिन्छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ भदौ २९ गते ११:२३

२९ भदौ, काठमाडौं । हरितालिका तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी महिलाहरूको बाक्लो घुइँचो लागेको छ।

विशेष गरी रातो सारी, हरियो चुरा, पोते र कपालको चुल्ठोमा रंगीचंगी फूलहरू सजाएर आकर्षक रूपमा सजिएका महिलाहरू पूजाआजा तथा दर्शनका लागि पशुपति पुगेका छन् ।

पारम्परिक पहिरनमा सजिएका दर्शनार्थीहरूको बाक्लो उपस्थितिले पशुपति क्षेत्र तीजमय बनेको छ।

विशेष गरी चुल्ठोमा थरीथरीका फूल सिउरिएर व्रतालु हरू पशुपतिनाथको दर्शनका लागि पुगेका छन् । महिलाहरूले चुल्ठोमा थरीथरीका प्राकृतिक र कृतिम फूल सिरिउनु नेपाली परम्परा, संस्कृति र सौन्दर्यको एउटा सुन्दर प्रतीक मानिन्छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?