+
+
Shares

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५ औं महाधिवेशनबारे छलफल गर्न आज दिउँसो २ बजे आकस्मिक बैठक बोलाएको छ।
  • इतर समूहको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिअन्तर्गत सचिवालय समन्वय समितिका संयोजक दीपक कुईकेलले बैठक बोलाइएको पुष्टि गरेका छन्।
  • बैठकपछि अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरेर समूहको धारणा सार्वजनिक गर्ने तयारी छ।

२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आकस्मिक बैठक बोलाएको छ । पार्टीको १५ औं महाधिवेशनबारे छलफल गर्न इतर समूहले आकस्मिक बैठक बोलाएको हो ।

पूर्वसभापति शेरबहादुर देउवानिकट एक नेताले चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो २ बजेका लागि आकस्मिक बैठक भनेर आफूलाई बोलाइएको जानकारी दिए ।

इतर समूहको ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ अन्तरर्गतको सचिवालय समन्वय समितिका संयोजक दीपक कुईकेलले बैठक बोलाइएको पुष्टि गरेका छन् ।

उनकाअनुसार दिउँसो २ बजे बस्ने बैठकपछि अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरेर समूहको धारणा सार्वजनिक गर्ने तयारी चुनदेवीले गरेको छ ।

बैठकअघि सोमबार बिहान इतर समूहका नेताहरूबीच महाराजगञ्जस्थित देउवा निवासमा छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?